फेसबुक, इन्स्टाग्राम ‘आउटेज’ हुँदा जुकरबर्गले गुमाए २.७९ बिलियन डलर



अमेरिका,फागुन २४ । मेटा कम्पनी मुख्य प्लेटफर्महरू फेसबुक, इन्स्टाग्रामलगायत ‘आउटेज’ (सेवा अवरुद्ध) हुँदा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले झण्डै ३ अर्ब डलर गुमाएका छन् । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार फेसबुक, इन्स्टाग्राम र थ्रेड ‘आउटेज’ हुँदा जुकरबर्गलाई २.७९ बिलियन डलर घाटा भएको हो । गत मंगलवार राति ८ बजेदेखि करीब १ घन्टा फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको सेवा अवरुद्ध भएको थियो । 

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार यसबाट जुकरबर्गको कुल सम्पत्ति घटेर १७६ बिलियन डलरमा झरेको छ । तर, उनी विश्वको सर्वाधिक धनी व्यक्तिको स्थानमा चौथोमा यथावत् नै छन् ।

‘आउटेज’को कारण मेटाको शेयर १.६ प्रतिशतले घटेको छ, जसले गर्दा जुकरबर्गको नेटवर्थमा गिरावट आएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्