मन्त्रीपरिषद्को पहिलो बैठकले गरेका दुई निर्णय केके हुन् ?



काठमाडौं,फागुन २४ । नयाँ सत्ता समीकरणपछि बनेको मन्त्रीपरिषदको पहिलो बैठकले दुई निर्णय गरेको छ। बिहीबार मन्त्रीपरिषदको बैठक बसेको हो ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिएको छ ।

यस्तै सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्