चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा



बेइजिङ,फागुन २४ । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ ।

स्विट्जरल्यान्ड, आयरल्यान्ड, हङ्गेरी, अस्ट्रिया, बेल्जियम र लक्जमवर्गका लागि मार्च १४ देखि परीक्षणका लागि भिसा–मुक्त नीति अवलम्बन गरिने चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताएका छन् ।

चीनको यो निर्णयसँगै थप देशहरूले चिनियाँ नागरिकलाई भिसा सुविधा प्रदान गर्ने तथा सीमापार यात्राका लागि द्रुतमार्ग सञ्जाल निर्माण गर्न र अन्तर्राष्ट्रिय यात्रु उडान पुनः सुचारु गर्न प्रोत्साहित गर्ने विषयमा आशावादी भएको उनले बताएका छन् ।

वाङले चीनको राष्ट्रिय व्यवस्थापिकाको १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो सत्रको अवसरमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली मुलुकसँग भिसा–फ्रि नीति अवलम्बन सम्बन्धमा जानकारी गराएका हुन् ।

उनले यो प्रयासले चिनियाँ नागरिकहरूलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने जनाउँदै विदेशीहरूलाई चीनमा घरमा नै रहेकोजस्तो महसुस गराउने विश्वास व्यक्त गरे ।

वाङले उच्च–मानक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षरलाई बढवा दिन, स्वतन्त्र व्यापार क्षेत्रहरूको विश्वव्यापी सञ्जाल विस्तार गर्न र विश्वव्यापी औद्योगिक, आपूर्ति र तथ्याङ्क प्रणालीलाई स्थिर र निर्बाध राख्न सम्बन्धित अधिकारीहरूसँग सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्