भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा



काठमाडौं,फागुन २४ । भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०–० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।

नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २–२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १–१ गोल गरे । एक गोल आत्मघाती भयो ।

प्रतिक्रिया दिनुहोस्