नुवाकोटमा भएको वक्तृत्वकला प्रतियोगितामा रचना खतिवडा प्रथम



नुवाकोट,फागुन २४ । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा ‘राज्यको नीति निर्माण तहमा महिलाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विदुर नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । खुल्ला प्रतियोगितामा पालिकाभित्रका १० महिलाले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा रचना खतिवडा प्रथम, शोभा कोइराला द्वितीय, युनिशा थापामगर तृतीय र प्रविना लामाले सान्त्वना पुरस्कार हात पार्न सफल भएका छन् । विजेताले क्रमशः रु पाँच हजार, तीन हजार, दुई हजार ५०० र एक हजार ५०० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता पोखरेलले जानकारी दिईन् ।

कार्यक्रममा विजेताहरुलाई विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले संयुक्तरुपमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ नारी दिवसको महत्व र नारीका समस्याहरुका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्