आज टिमुरे र पासाङ ल्ह्यामु यातायातका बस नचल्ने



नुवाकोट,फागुन २५ ।  नुवाकोटबाट सञ्चालित टिमुरे र पासाङल्हामु यातायातले आज शुक्रबार शिवरात्रीमा सेवा प्रवाह नगर्ने भएको छ । सेवा प्रवाह नभएसँगै यात्रुहरु मारमा पर्ने भएका छन ।

दुवै कम्पनीले छुट्टाछुट्टै सूचना जारी गर्दै त्रिशूली-काठमाडौं रुटमा सञ्चालन हुने आफ्ना कुनै पनि बस तथा माईक्रोले सेवा प्रवाह नगर्ने भनेको हो ।

टिमुरे र पासाङ ल्हामु यातायातले आफ्ना बस व्यवसायीलाई आफु खुशी सवारीसाधन सञ्चालन गरी केहि भव्यतव्य पर्न गएमा स्वयम् सवारीधनी जवाफदेही हुनुपर्ने सुचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्