नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन राप्रपा अध्यक्ष लिङ्देनको आह्वान



काठमाडौं,फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे । 

‘मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ,’ अध्यक्ष लिङ्देनले भने, ‘प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्