नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत चापको बोट नजिकै स्कुटर दुर्घटना



नुवाकोट,फागुन २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोट मा स्कुटर दुर्घटना भएको छ।

शुक्रबार दिउँसो त्रिशुलीबाट काठमाडौं जादै गरेको बा.४२ प ३५३८ नम्बर को स्कुटर दुर्घटना भएको हो।

दुर्घटनामा बिदुर नगरपालिका वडा नम्बर ८ का रत्नबहादुर न्यौपाने घाइते भएका छन् । स्कुटर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

स्कुटर पुर्णरुपमा क्षति भएको र घाइते चालकको उद्धार गरी अस्पताल पठाइएको गुर्जे प्रहरी पोस्ट का प्रमुख शिवनारायण चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्