जनताको चाहनाअनुसारको गठबन्धन बनेको हो: हितबहादुर तामाङ
काठमाडौं,फागुन २६ । संस्कृति, नागरिक तथा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिलेको चार दलीय गठबन्धनले देश र जनताका लागि काम गर्ने बताएका छन् । गठबन्धन सुशासन र सामाजिक न्यायको माध्यमबाट संवृद्ध बनाउनका लागि र जनताको चाहनाअनुसारको बनेको मन्त्री तामाङले स्पष्ट पारे ।
जनताले अनुभुति गर्नेगरी, भ्रष्टाचार र बेथितीविरुद्ध काम गर्ने बताउँदै नेता तामाङले यो वर्तमान सरकारबाट देशले मुहार फेर्ने आसा व्यक्त गरेका छन् ।
एक सञ्चारमाध्यमसंग कुराकानीका क्रममा मन्त्री तामाङले गठबन्धनलाई टिकाइराख्नको लागि चारै दल प्रतिवद्ध भएकाले यसले जनता र देशका लागि मात्रै काम गरेर देखाउने विश्वास दिलाएका छन् । यस्तै स्थायित्व राजनीति लक्ष्य भएकाले गठबन्धन निरन्तर रहनेमा आफू ढुक्क भएको उनको भनाइ छ ।

