करेन्ट लागेर शिक्षक सहित दुई जनाको मृत्यु



कालिकोट,फागुन २६ । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शिक्षकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मंगाला सैनिक माध्यमिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र उहाँका भतिज २७ वर्षीय गङ्गा थापा रहेका छन् । 

नरहरीनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बाेहोरा अनुसार सबस्टेसनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्न खोज्दा विद्युतको करेन्ट लागको बताए ।

उनका अनुसार गाडेको विद्युतको पोल उखेलेर अर्को स्थानमा सार्न खोज्दा पोलको टुप्पोले मेन लाइनलाई छुँदा करेन्ट लागको हो ।

प्रतिक्रिया दिनुहोस्