हङकङसँग नेपाल पराजित



काठमाडौं,फागुन २६ । मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलव ४ ओभरमा १३९ बनाएर अलआउट भएको हो।

विनोद भण्डारीले ४२,आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्