नदीमा हाम फाल्दा महिलाको मृत्यु
बाजुरा,फागुन २६ । बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृतक न्यौपानेले शनिबार बिहान ६:३० बजे बुढीगङ्गा नदीमा हाम फालेकी थिइन ।
प्रहरीका अनुसार अहिले मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

