काभ्रेमा श्रीमतीले गरिन श्रीमानको हत्या



काभ्रे,फागुन २६। काभ्रेमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

जिल्लाको नमोबुद्ध नगरपालिका-५ कानपुर बस्ने ५९ वर्षीय धनवीर दमाईलाई लट्ठी प्रहार गरी श्रीमती ४० वर्षीया कमला परियारले हत्या गरेको अनुसन्धानबाट खुल्न गएको प्रहरीले जनाएको छ ।

कमलाले मादक पदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियोे । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्