मैत्रीपूर्ण टी-२० खेल : शनिबार हङकङसँग नेपाल पराजित



काठमाडौं,फागुन २७ । हङकङ विरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ । हङकङ नेपाललाई ७३ रनले पराजित गरेको हो ।  हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १७.४ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा १३९ रन बनाउँदा अलआउट भएको ह । 

हङकङमा शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङकङ निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए ।

यसअघि हङकङका लागि बाबर हयातले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए । यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए । बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए । त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।

प्रतिक्रिया दिनुहोस्