छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



अछाम,फागुन २७ । छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय युवकले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा एक्लै भएको बेलामा छोरीलाई बलात्कार गरेको पीडितको आमाले देखेपछि घटना बाहिर आएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउँदले जानकारी दिए । 

आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको निरीक्षक साउँले जानकारी दिए । बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि प्रहरीको निगरानीमा रहने गरी आमाको जिम्मा लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्