एमाले गोरखाको अध्यक्षमा थापा विजयी



गोरखा,फागुन २८ । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका छन् । 

विजयी थापाको २८० र पराजित भएका नेपालीको २०५ मत प्राप्त गरेका छन्  । उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी १४९ मतले विजयी भएका छन् । विजयी अधिकारीले २७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत पाए । उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाए । 

सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याएर पराजित भए । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गरे । त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे । 

उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी नानु थापा मगरले १५० मत पाएका छन् । 

एमाले गोरखाको नयाँ नेतृत्व चयनको लागि आठौँ अधिवेसन सुरु भएको तीन दिन पछि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो । 

निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान ३ बजे मात्र सार्बजानिक भएको हो । गोरखामा नेकपा एमालेका सबै निर्वाचित पदाधिकारी तथा सबै सदस्यहरू पृथ्वी सुब्बा गुरुङको प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेकाहरूले मात्रा जित हासिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्