कर्णाली पुलमा आगलागी



कर्णाली,फागुन २८ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा भयानक आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको एक मालबाहक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकबाट निस्केको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ । लम्कीचुहा नगरपालिकाको दमकल घटनास्थलमा गएर आगो नियन्त्रणमा आएको छ ।

लाइटर बोकेको ट्रकमा आगलागी भएको बताउँदै कैलालीका डीएसपी कुलदीप चन्दले आगो नियन्त्रणमा आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्