कोका–कोलाको ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण हुँदै
काठमाडौं,फागुन २९। कोका–कोलाले दोस्रो संस्करणको ‘काठमाडौं इज कुकिङ’ गर्ने भएको छ । काठमाडौंको हायात होटल मैदानमा चैत २ गते शुक्रवार उक्त कार्यक्रम गरिने भएको हो । ‘इज कुकिङ’ कोका–कोलाको विश्वव्यापी अभियान हो, जसले विश्वभर खानालाई मजाको रूपमा लिन प्रोत्साहित गर्दै आएको कम्पनीले बताएको छ ।
यस वर्षको ‘काठमाडौं इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीको अपेक्षा छ । कार्यक्रममा भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्याण्ड द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, कलाकारहरू सुशान्त घिमिरे र प्रजिनाले प्रस्तुति दिने बताइएको छ ।
कोका–कोला नेपालका देशीय निर्देशक चन्द्रिका कालियाले कार्यक्रमले नेपालीको रमाइलो गर्ने संस्कृतिलाई झल्काउने बताइन् । ‘काठमाडौं इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पल देख्न पाइने उनको भनाइ छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले ‘काठमाडौं इज कुकिङ’को दोस्रो संस्करण नेपालमा कोका–कोलाको यात्राको एउटा महत्त्वपूर्ण कोसेढुंगाको रूपमा स्थापित हुने बताए ।

