नुवाकोट लिखुले गर्‍यो घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदान गोष्ठी



नुवाकोट,फागुन २९ । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले पर्यटकीय केन्द्र पञ्चकन्याको घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदानको एक दिने गोष्ठी सम्पन्न गरेको छ।

सोमबार एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ,उपाध्यक्ष सुभद्रा अधिकारी, शिक्षा शाखा प्रमुख शेरसिंह रावत, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी,अभिभावक महासंघ वाग्मती प्रदेशका अध्यक्ष भाग्यश्री लामा, शिक्षा क्षेत्रका अनुसन्धानकर्ता सोमत घिमिरे लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले बदलिँदो परिस्थितिमा शैक्षिक गुणस्तर वृद्धिका लागि सबै चनाखो हुनुपर्ने भनाइ राखेका थिए ।

कार्यक्रमका केही तस्वीरहरु हेरौं

पुरा भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्