देवघाटमा नुहाउँदै गरेका वृद्ध बेपत्ता



चितवन,फागुन २९ । तनहुँको देवघाट धाममा नुहाउने क्रममा बगाएर एक तीर्थयात्री बेपत्ता भएका छन् ।

देवघाट गाउँपालिका–५ त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा सोमबार दिउँसो नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका व्यक्तिको नाम थर र वतन भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । पहेँलो कुर्था, पहेँलो कछाड,पहेँलो आस्कोट,सेतो चप्पल र लट्ठी नदीको सङ्गमस्थलमा भेटिएको खाँणले बताए ।

बेपत्ता भएका व्यक्तिको खोजतलास गरिए पनि सोमबार साँझ अबेरसम्म फेला पार्न नसकिएको प्रनाउ खाँडले जानकारी दिए  उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्