राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित



काठमाडौं,फागुन २९ । राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत आएको हो।

दाहालको पक्षमा बहुमत आएपछि उपाध्यक्ष उर्मिला अर्यालले उनलाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन्। बैठकमा ५६ जना सांसद उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्