गोरखामा वार्षिक १३ करोडभन्दा बढीको सुन्तला बिक्री



गोरखा,फागुन २९ । गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष करिब चार करोडकाे सुन्तलाकाे कारोबार भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले जानकारी दिए । 

गोरखामा सुन्तला आठ सय १५ हेक्टर क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष ९६५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष बढेर २२५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना एकाइ कार्यालय गोरखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्