पाकिस्तानको पञ्जाबमा आवासीय भवन भत्किँदा नौको मृत्यु, दुई घाइते



सिन्ह्वा,फागुन २९ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलिम उल्लाहले सिन्ह्वालाई बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा एकै परिवारका सात जना रहेको उल्लाहले बताएका छन् । भवन भत्किनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्