नुवाकोटमा आफ्नै छोराद्धारा बुवाको हत्या
नुवाकोट,फागुन २९ । जिल्लामा आफ्नै छोराद्धारा बुवाको हत्या भएको छ । जिल्लाको किस्पाङ गाउँपालिकामा आफ्नै छोराले बुवाको हत्या गरेको घटना सार्वजनिक भएको हो ।
किस्पाङ गाउँपालिका वडा नम्बर ५ पोखरीस्थित आफ्नै घरमा शुक्रवार राती १२ बजे १७ वर्षिय फुलकुमार नेपाली(परिर्वतित नाम) ले मादक पदार्थ सेवन गरि बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हत्या हुनेमा किस्पाङ गाउपालिका वडा नम्बर ५ पोखरी गाउं बस्ने ५५ वर्षिय भरतबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तथा सुचना अधिकारी खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।
घटनापछि शनिवार जिल्ला प्रहरी कार्यालय अभियुत्त छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाउ छोरा बिच विवाद बढेपछि मदिराले लठ्ठिएका छोराले ढोकामा लाउने आग्लोले टाउकोमा प्रहार गरि घांटी थिचि मारेको बताइएको छ ।
घटनामा उनकी श्रीमती समेतको मिलेमतो रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ । अभियुक्त दुबैलाई मुलुकी अपराध संहिता २०७४ ज्यान सम्बन्धि कसूरमा अनुसंधान गर्न जिल्ला अदालत नुवाकोटबाट ५ दिन म्याद लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

