नुवाकोट आएका विज्ञ घिमिरेको प्रश्न  शिक्षा क्षेत्र अब कस्ले सपार्ने?(भिडियो सहित)



नुवाकोट,फागुन २९ । नुवाकोट आएका शिक्षा क्षेत्रका अनुसन्धानकर्ता तथा विज्ञ सोमत घिमिरेले वर्तमान शिक्षा प्रणाली लथालिङ्ग भएको बताएका छन् ।

सोमबार लिखु गाउँपालिका शिक्षा शाखाद्वारा पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारामा आयोजित शैक्षिक कार्ययोजना निर्माण तथा असल अभ्यास आदानप्रदान गोष्ठीमा विज्ञ घिमिरेले यस्तो बताएका हुन् ।

लिखु गाउँपालिकाका २४५ शिक्षक तथा कर्मचारीलाई प्रशिक्षण दिने क्रममा घिमिरेले वर्तमान शिक्षा केन्द्रिय सरकारले चाहेर पनि उपलब्धिमुखी बनाउन नसक्ने जिकिर गरेका हुन् । अनुसन्धानकर्ता तथा विज्ञ घिमिरेले नेपाली शिक्षामा एक प्रकारको विदेशी दासत्व प्रवेश गरिसकेकाले सरकारका कुनैपनि शिक्षा मन्त्रीले शिक्षा क्षेत्रको डरलाग्दो समस्यालाई समाधान गर्न नसक्ने बताए ।

शिक्षाको मालिक अभिभावकबाट मात्र शिक्षा क्षेत्रको विकास हुने बताउदै घिमिरेले सरकारले स्थानीय सरकारको समन्वयमा अभिभावकलाई नै शिक्षा क्षेत्र जिम्मा लगाएको खण्डमा उपलब्धि मुलक शिक्षा सन्ततिले आर्जन गर्न पाउने बताए ।

हेर्नुस् पूरा भिडियो :-

प्रतिक्रिया दिनुहोस्