फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले गरे सिङ्गापुर भ्रमण



सिङ्गापुर,फागुन ३० । गत फेब्रुअरी महीनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् ।

सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी)ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरीमा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका हुन् । तीमध्ये कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । 

चीनपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ ।

चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तरराष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्