प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने



काठमाडौं,फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चैत ६ गते प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको बैठकमा चैत ६ गते बस्ने बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने सभामुख देवराज घिमिरेले बताए । 

यसपालि समूह चारमा रहेका सांसदहरूले प्रश्न गर्न पाउनेछन्  । त्यसका लागि चैत २ गते ३ बजेभित्र संसद् सचिवालयमा प्रश्नहरू बुझाइसक्नुपर्ने घिमिरेले बताए ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन्  । उनले १५७ मत प्राप्त गरेका हुन । त्यस्तै उनको विपक्षमा ११० जनाले मत दिँदा एक जना तटस्थ बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्