क्यानडाका राजदूत पौडेलले लिए शपथ



काठमाडौं,फागुन ३०। क्यानडाका लागि नेपालका आवासीय नवनियुक्त राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पौडेलले बुधबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबिच राजदूत पौडेलले शपथ ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्