फेरि महँगियो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?



काठमाडौं,चैत १ । चैत महिनाको पहिलो कारोबार दिन सुनको भाउ महँगिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख २५ हजार २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर १ हजार ५१५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्