नुवाकोटमा यस वर्ष एसइईको लागि २३ ओटा परीक्षा केन्द्र



नुवाकोट,चैत १ । आगामी चैत्र १५ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि नुवाकोटमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले बिहिवार एक सुचना सार्वजनिक गर्दै जिल्लामा २३ ओटा परिक्षा केन्द्र निर्धाण गरेको हो । परिक्षामा नुवाकोटबाट झण्डै ४ हजार जना परिक्षार्थी सहभागी हुनेछन् ।

समुदायिक विद्यालयतर्फ सबैभन्दा बढी पृथ्वी माविबाट ७६ जना परिक्षार्थीले परिक्षा दिनेछन् भने निजितर्फ अर्किड एकेडेमीबाट ७९ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्राविधिक सहायक तथा सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।

थपलियाका अनुसार यो वर्ष नुवाकोटबाट तीन हजार ९ सय २२ जना परिक्षार्थीले परिक्षा दिनेछन् । परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ र ग्रेड वृद्धितर्फ ७८ जना विद्यार्थी सहभागी हुनेछन् । यस वर्षको एसइईमा कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था गरिएको छ । तस्बिर श्रोत: सुनिल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्