बोलेरो दुर्घटना: मृतक ८ जनाको पहिचान खुल्यो



भोजपुर,चैत १ । धरानबाट १६ जना यात्रु बोकेर भोजपुरतर्फ हिँडेको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बिहीबार को१ज २५९३ नम्बरको बोलेरो जिप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटनाग्रस्त भएको हो। 

हतुवागढी गाउँपालिकाको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको उक्त बोलेरो बिहान ११ बजे भीरबाट करिब ५ सय मिटर तल खसेको थियो। मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ दितेनीका चन्द्र प्रकाश राई, पर्वतमाया राई, दिशान राई, हतुवागढी गाउँपालिका-५ का रामकुमारी राई, किसन राई, बराहक्षेत्र ३ का पदमबहादुर थापा, इटहरी घर भएकी कमला अधिकारी र चालक हतुवागढी गाउँपालिकाकै मानबहादुर बस्नेत रहेका छन्। 

गाडीमा सवार अन्य ९ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका हतुवागढी गाउँपालिका-२ का किसन राईको उपचारका अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताए। गाडीमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्