रुसी सेनामा भर्ना भएका रसुवाका मोक्तानसहित ७ जनाको मृत्यु



रसुवा,चैत २ । रुसी फौजीमा भर्ना भएका रसुवाका एक जनासहित थप ७ नेपाली युवाको मृत्यु भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयले एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका रसुवाका सुन्दर मोक्तानसहित ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

त्यस्तै अन्यमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक र बाँकेका सञ्जय केसी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्