गोली प्रहार गरी मनी ट्रान्सफर लुटपाट



रौतहट,चैत २ । रौतहटमा मोटरसाइकलमा आएका हतियारधारी लुटेराले मनी ट्रान्सफर लुटेका छन । लुटेराहरूले कर्मचारीलाई गोली प्रहार गरी मनी ट्रान्सफर लुटेको प्रहरीले जनाएको छ ।

भारतसँग सीमा जोडिएको परोहा नगरपालिका– ९ खापचोकस्थित शिव मनी ट्रान्सफर कार्यालयमा शुक्रबार दिउँसो लुटपाट भएको प्रहरीले जनाएको छ। 

उनीहरूले मनी ट्रान्सफर कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन्। लुटपाटका क्रममा कर्मचारी नितेश साहलाई बाहिर निकालेर गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केहीबेरमा नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्