कम्युनिष्ट एकतामा जोड आवश्यक: माधव नेपाल



काठमाडौं,चैत २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्  ।

पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद ओगटेर बस्ने इच्छा नभएको बताए ।

उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गरे । उनले भने, ‘अहिले हामी नयाँ चरणमा छलफलमा छौँ। सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल हुँदैछ। अरू कुराहरू पनि छलफल हुँदैन। हामीसँग कुन ढंगको व्यवहार हुन्छ त्यसमा भर पर्छ हामी अहिलेसम्म छलफलमा बसिसकेका छैनौँ। छलफल गर्दै जानेछौँ ।’

नेपालले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्