नुवाकोटको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा



नुवाकोट,चैत २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा निर्वाचित भएका छन् ।

लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको व्यवस्थापकीय पक्ष सहज हुन नसकेको अभिभावकले बताउदै आएका थिए ।

शुक्रबार भएको अभिभावकको भेलाले नयाँ व्यवस्थापन समितिको कार्यसमितिमा सुदर्शन खतिवडा, रामहरि श्रेष्ठ, जानुका श्रेष्ठ तामाङ, सुष्मा बखती, कान्छी सुनुवार रहेका छन् ।

अध्यक्ष पदमा निर्वाचित थापा यसअघि समेत अध्यक्ष पदमा रही कामकाज गरेका अनुभवी व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्