सरकार र लघुवित्त संघर्ष समितिबीच ६ बुँदे सहमति



काठमाडौं,चैत ३ । आन्दोलनरत लघुवित्त संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ । दुवै पक्षबीच यस क्षेत्रका समस्या समाधानसम्बन्धी सहमति भएको हो । 

सहमतिपत्रमा आन्दोलनरत लघुवित्त संघर्ष समितिका तर्फबाट वार्ता टोलीका संयोजक पुनाराम (मणिराम ज्ञवाली) र सरकारी वार्ता टोलीका तर्फबाट अर्थ मन्त्रालयका नारायणप्रसाद रिसालले हस्ताक्षर गरेका छन् । 

अर्थमन्त्री वर्षमान पुनले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न गत बुधवार समिति गठन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्