बैंकको ऋण तिर्दिन भन्न पाँईदैनः अर्थमन्त्री पुन



काठमाडौंं,चैत ३ । अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्दिन भन्न नपाईने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो चेतावनी दिएका हुन् ।

उनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी पनि दिए ।

बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे । मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पार्दै कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट पारे ।

उनले आरोपित व्यक्तिका परिवार र बैङ्किङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्