पोखरा नेपालको पर्यटकीय राजधानी घोषणाको तयारी



पोखरा,चैत ३ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तयारी अन्तिम चरणमा पुगेको र भोली पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ। सो अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुनेछ।

उनले पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो।पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने हेतुले आगामी बजेटलाई केन्द्रित गरेर पनि छलफल गर्न सुरु गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्