जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु



भोजपुर,चैत ४ । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो । 

शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

आगलागीमा परि केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीको ५ बर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिप पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्