घट्यो सुनको भाउ, चाँदीको बढ्यो



काठमाडौं,चैत ४ । सुनको मूल्यमा गिवरावट आएको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख २५ हजार ४०० रुपैयाँमा किनबेच भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख २५ रुपैयाँ तोकिएको छ। यता, तेजावी सुनको भाउ भने १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, उक्त चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भई १ हजार ५३० रुपैयाँ पुगेको छ । गत शुक्रबार १ हजार ५१५ रुपैयाँ किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्