गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री प्रचण्डको नृत्य



काठमाडौं,चैत ४ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् ।

पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।

समारोहमा प्रकाश सपुतले प्रस्तुति दिएका थिए । प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नाचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्