हावाहुरीले सूर्यमुखी खेतीमा क्षति
मकवानपुर,चैत ४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ।
मकवानपुरगढी ३ नम्बर वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो। ढकमक्क फुलेर मनमोहक बनेको सूर्यमुखी सामान्य हावाले सोत्तर बनाएपछि किसान चिन्तामा छन्।
बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले चार कठ्ठा क्षेत्रफलमा लगाएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उनी चिन्तामा परेका छन् । बिरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधा फूल ढालेपछि उनी चिन्तामा परेका हुन् ।

