शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण आगलागी



काठमाडौं,चैत ४ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १ झोरस्थित बुद्ध पार्क नजिकैबाट राष्ट्रिय निकुञ्जमा आगलागि भएको छ।

आइतबार ३ बजेदेखि लागेको आगो निभाउन प्रयास भैरहेको टोखा प्रहरी प्रभागले जनाएको छ ।

झोरका स्थानीयले पतकर बाल्ने क्रममा निकुञ्जको दक्षिण तर्फ जंगलमा आगलागि भएको हो।

स्थानीय, प्रहरी र सेनाको बाक्लो उपस्थितिमा आगलागी नियन्त्रण प्रयास गरिएको स्थानीय दिलबहादुर तामाङले बताए ।

रात पर्ने क्रम रहेकाले आगो नियन्त्रण पुर्णरुपमा नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्