काउलीको मूल्य बढ्यो



काठमाडौं,चैत ५ । कालिमाटी बजारमा एक सातामा काउलीको मूल्य २६ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक सातामा स्थानीय काउलीको मूल्य २६ प्रतिशतले र ज्यापु स्थानीय काउलीको मूल्य १९ प्रतिशतले बढेको छ ।

गत आइतवार स्थानीय काउलीको मूल्य प्रतिकिलो २७ रुपैयाँ र ज्यापु स्थानीय काउलीको मूल्य प्रतिकिलो ३७ रुपैयाँ थियो । हिजो आइतबार स्थानीय काउलीको मूल्य प्रतिकिलो ३५ रुपैयाँ र ज्यापु स्थानीय काउलीको मूल्य प्रतिकिलो ४५ रुपैयाँ रहेको छ ।

बजारमा काउलीको आगमन २४ प्रतिशतले बढेको छ । समितिका अनुसार एक साताअघि ४२ हजार २४४ किलोग्राम काउली बजार भित्रिएको थियो भने आइतबार ५२ हजार ५२७ किलोग्राम काउली भित्रिएको छ । 

प्रतिक्रिया दिनुहोस्