उपप्रधान तथा गृहमन्त्री लामिछानेको निर्देशन– सुनको तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्नू



काठमाडौं,चैत ५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतवार मन्त्रालयमा भएको छलफलका क्रममा गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन् । 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको उनका निजी सचिव तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–कोषाध्यक्ष दीपकराज बोहराले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्