सुनचाँदीको मूल्य घट्यो



काठमाडौं,चैत ५ । सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार १ लाख २५ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको छ ।

आजका लागि १ लाख २४ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख २३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँ पुगेको हो । आइतबार भने चाँदी १ हजार ५३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्