दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ
काठमाडौं,चैत ५ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्ने दीपक खड्कासहित दुई जना रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ । पक्राउ परेका खड्का झापाको बुद्धशान्ति गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

