महिला सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक आचार्य बर्खास्त



काठमाडौ,चैत ६ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि  बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ ।

एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्ती  गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा सहकर्मी महीला कर्मचारी माथि दुर्व्यवहार गरेको आरोप आचार्यलाई थियो । घटनालाई आन्तरिकरूपमा मिलाउन खोजिए पनि अन्तिममा प्रहरीकोमा पुगेको थियो  ।

प्रतिक्रिया दिनुहोस्