बढ्यो फेरि सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,चैत ६ । कसुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार १ लाख २४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २४ हजार ६०० रुपैयाँ तोकिएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ ।आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ५२५ रुपैयाँ कायम भएको छ। सोमबार भने १ हजार ५२० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्