आगलागीमा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट



स्याङ्जा,चैत ६ । चापाकोट नगरपालिका ५ सिमामा आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएको छ ।

स्थानीय ५२ वर्षीय सोमबहादुर आलेको गोठमा आगलागी हुँदा बाख्रा र कुखुरा जलेर दुई लाख ५० हजार बराबरको क्षति पुगेको हो । आलेको गोठमा आगोकाे मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले विद्युत सर्ट भएर आगो लागी स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको रानाले बताए । 

प्रतिक्रिया दिनुहोस्